अलिबाबाद्धारा दश हजार कर्मचारी कटौती

 

काठमाडौं, २७ साउन

विद्युतीय  व्यापार  (ई–कमर्स)  गर्ने  चिनियाँ  कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार  कर्मचारी  कटौती  गरेको  छ  ।

आफ्नो  आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको हो ।

देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारीहरु निकालिएको बिभिन्न सञ्चार माध्यमले जनाएका छन ।

गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्त  विवरणअनुसार खुद आम्दानी  २२.७४  अर्ब  युआन कायम भएको थियो भने अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ४५.१४ अर्ब युआन थियो । जसका कारण चालु आर्थिक बर्षमा आम्दानीको दर घटेको र सम्भाब्य आथिक क्षतीलाई न्युनीकरण गर्नका लागि अलिबाबाले सो मात्रामा कर्मचारी कटौती गर्नु परेको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *