सिद्धथान सामुदायिक वनमा बृक्षारोपण

 

खोटाङ, २६ साउन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सिद्धथान सामुदायिक वनमा बृक्षारोपण गरिएको छ । सातौं सामुदायीक वन दिवस २०७९ को अवसर पारेर डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको संयुक्त आयोजनामा बिहीबार सामुदायिक वन तथा सामुदायिक वनको भवन आसपासमा रुद्राक्ष, तेजपात, मसला, दाँते ओखर, पैयुँ लगायतका रुखका बिरुवा रोपिएको हो ।

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, डिभिजन वन कार्यालयका प्रमुख जगदिश रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघका सचिव युगसन कितार, रेञ्जर हरिकाजी राई, थिरबहादुर कार्कीलगायतले बृक्षारोपण गरेका थिए ।

बृक्षारोपण कार्यक्रमकै अवसरमा सामुदायिक वनको नीति, कार्यक्रम र महत्वका बारेमा उपभोक्ता समक्ष प्रकाश पारिएको डिभिजन वन कार्यालय प्रमुख रेग्मीले बताए । कार्यक्रम पेमा लामु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *