युक्रेनको आणविक प्लान्टमा अन्तर्राष्ट्रिय निरीक्षकलाई पहुँच देउः गुटेरेज

 

एजेन्सी

किभ, २४ साउन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् ।  यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।

‘आणविक प्लान्टमा कुनै पनि आक्रमण आत्मघाती विषय हो’, गुटेरेजले जापानमा आयोजित एक पत्रकार सम्मेलनमा भने ।   विश्वको पहिलो आणविक बम विष्फोटको ७७ औं वर्षगाँठको सम्झनामा उनी जापानकाे हिरोसिमा आयाेजित समारोहमा उक्त धारणाा राखेका थिए ।

युक्रेनले शनिबार नयाँ रुसी गोलाबारीले तीन विकिरण सेन्सरलाई क्षति गरेकाे र जापोरिझिया पावर प्लान्टमा कामदारलाई चोट पुर्‍याएको उनले बताए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले ‘आणविक आतंक’ छेडेको आरोप लगाउँदै मस्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आवश्यकता रहेको बताएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *