गाजाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदको आपत्कालीन बैठक

 

न्युयोर्क

गाजाको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदले आपत्कालीन बैठक बोलाएको छ । तीन दिनको घातक द्वन्द्वपछि इस्लामिक जिहाद लडाकू र इजरायलबीचको अस्थायी युद्धविराम भइरहेका बेला परिषद्ले आपत्कालीन बैठक बोलाएको हो ।

इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका थिए ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लोे लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।

सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । गाजा हिंसाको अफ्रिकन युनियनलगायतले विरोध गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *