बाढीपीडितको उद्धारको व्यवस्था मिलाउन नेपाल कम्युनिस्ट पार्टीको माग

 

काठमाडौं, १८ साउन

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  वर्षाका कारण सप्तकोसी नदीको बहाव बढ्न गई उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा भंगालो पस्दा वडा नम्बर १, २, ३, ८ र ९ का सयौँ घरधुरी र हजारौं जनता जोखिममा परेका दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै प्राकृतिक बिपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । साथै, साहस र सम्यमताका साथ विपत्तिको सामना गर्न बेलकावासीलाई विशेष अनुरोध गरिएको छ ।

जोखिममा परेका बेलकावासीको सुरक्षित स्थानान्तरण, उद्धार र सुरक्षित स्थानमा बासको व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ । प्राकृतिक प्रकोप र दुःखमा परेका जनताको उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न उदयपुर जिल्ला पार्टीलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापनलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग नेपाल कम्युनिष्ट पार्टीले माग पनि गरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.