महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु

महोत्तरी, १८ साउन

महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा घाइते भएका छन् ।  गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २८ वर्षीय दिलिप सहनीको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार ६ वर्षीय आशिष सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ । माइस्थानबाट गौशालातर्फ आउँदै गरेको ना ४ ख ३३३९ नम्बरको ट्रकले आज बिहान पौने ८ बजे बिपरित दिशाबाट जाँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो ।  ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *