सामन्था रुथसँग अलग्गिएपछि शोभितासँग डेटमा नागा चैतन्य

मुम्बई, १८ साउन

साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् । गत वर्षको अक्टोबरमा नागा र उनकी अभिनेत्री सामन्था रुथ प्रभु अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा अहिले अभिनेत्री शोभिता धूलीपालासँग डेट गरिरहेका छन् । हालैको एक अन्तर्वार्तामा उनले शोभिातसँग डेटलाई पुष्टि गरेका छन् ।

उनी अभिनित फिल्म ‘लाल सिंह चड्डा’को अन्तर्वार्ताका क्रममा शोभितासँगको सम्बन्धलाई लिएर सोधिएको प्रश्नमा उनले मुस्कुराएर डेटमा रहेको पुष्टि गरेका हुन् । एक महिनाअघि नागा र शोभिता एकसाथ कारमा भेटिएका थिए । नागाले अन्तर्वार्तामा आफ्नो ‘क्रश’ अभिनेत्री कैटरिना कैफ रहेकोसमेत खुलाएका छन् । उनले कैटरिनाको करियरको सुरुवातदेखि अहिलेसम्म आफूले नजिकबाट नियालिरहेकोले उनी आफ्नो ‘क्रश’को भएको दाबी गरेका छन् । आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा नागा र आमिरसँगै करिना कपूर, मानव विज र मोना सिंहको अभिनय छ । यो फिल्म सन् १९९४ मा रिलिज ओस्कार विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’को अफिसियल हिन्दी रिमेक हो ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *