एक महिना लगाएर बनाएको बाँध कोशीले भत्कायो

उदयपुर, १८ साउन

सम्भावित क्षतिलाई नियन्त्रण गर्नका लागि बाँधिएको एक सय मिटरभन्दा लामो बाँध कोशी नदीले भत्काइदिएको छ । केन्द्रीय विपद् व्यवस्थापन टोलीले एक महिनासम्म बसेर निर्माण गरेको बाँधलाई बुधबार बिहान भत्काएर कोशी मानव बस्तीतर्फ पसेको छ । कोशी मानव बस्तीतर्फ पसेपछि तटीय क्षेत्रका बासिन्दालाई नगरपालिकाले सुरक्षित स्थानतर्फ जान अनुरोध गरिरहेको छ ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार एक महिनासम्म लगाएर निमार्ण गरिएको बाँधसमेत फुटाएर मानव बस्तीतर्फ कोशी लागेपछि २० हजारभन्दा बढी स्थानियवासी प्रभावित भएका छन् । डुम्रेबोटे पश्चिमतर्फवाट पसेको कोशीको बाढीले उदयपुरसहित सुनसरीको बराह क्षेत्र, सप्तरीका मानव बस्ती पनि उच्च जोखिममा परेको भन्दै सुरक्षितस्थानतर्फ जान सर्वसाधारणलाई सूचना जारी गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *