नेपाल टेलिकमले नयाँ र आकर्षक अफर ल्यायो ।

 

काठमाडौं, साउन १८ गते ।

नेपाल टेलिकमले हाल उपलब्ध गराएको आकर्षक र नयाँ अफरहरुमा थप अफरहरु उपलब्ध गराएको छ । टेलिकमले साउन १ गते देखि समर अफर ल्याइसकेको छ । हाल थप नयाँ र आकर्षक अफरहरु पनि उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराएको आकर्षक भ्वाइस अफरहरुको अतिरिक्त थप अफरहरु पनि ल्याएको छ ।

नयाँ अफरमा जुनसुकै समयमा जुनसुकै नेटवर्कमा फोन गर्न सकिनेछ । अलनेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराएको छ । २० मिनेट भ्वाइस प्याक रु १५ मा उपलब्ध गराएको छ । त्यस अफर अन्तर्गत २४ घण्टाभित्र फोन गर्न सकिन्छ । १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि रु ४९ मा उपलब्ध छ । त्यसैगरी १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा २४ घण्टाको लागि रु ४९ मा उपलब्ध गराएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *