लादेन परिबारको १ मिलियन पाउन्ड दान लियो राजकुमार चार्ल्सकाे परोपकारी संस्थाले

 

एजेन्सी

लन्डन, १६ साउन

बेलायती राजगद्दीका उत्तराधिकारी प्रिन्स चार्ल्सले सेप्टेम्बर ११ का मास्टरमाइन्ड ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेको द सन्डे टाइम्सले रिपोर्ट गरेको छ । साउदी परिवारका सदस्यहरूले कुनै गल्ती नगरेको बताए पनि दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।

उनका धेरै सल्लाहकारहरूले चार्ल्सलाई बकर बिन लादेन र उनका भाइ साफिकबाट सफिकबाट चन्दा नलिन आग्रह गरेका थिए । ती दुबै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन् । सन् २०१३ मा लन्डनको क्लेरेन्स हाउसमा ७६ वर्षीय बकरसँगको भेटपछि ७३ वर्षीय चार्ल्सकाे प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड (पीडब्लूसीएफ)लाई चन्दा लिन सहमति जनाएका थिए । उक्त विषयमा ट्रस्ट र उनको कार्यालयका सल्लाहकारहरूको आपत्तिको जनाएको उक्त पेपरले जनाएकाे थियाे । पीडब्लूसीएफका अध्यक्ष इयान चेसाइरले उक्त चन्दा लिन त्यसबेला पाँच जना ट्रस्टीहरूले सहमति जनाएका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *