यु २० साफ: भारतलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

 

काठमाडौं, १५ साउन

साफ यु-२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारत र नेपालबीच प्रतिस्पर्धा हुँदैछ ।

भुवनेश्वरस्थित कालिङ्ग रंगशालामा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । भारतको सामना गर्दा नेपाल जितसहित फाइनलमा स्थान सुरक्षित गर्न  चाहन्छ ।  पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा लगातार तीन खेल जित्दै बंगलादेश यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । शीर्ष स्थानको बंगलादेशको नौ अंक छ । दुई खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा बसेको नेपाल र समान खेलमा तीन अंकसहित तेस्रो स्थानमा बसेको भारत फाइनलको दौडमा रहेका छन् । माल्दिभ्स र श्रीलंकाको फाइनल प्रवेश सम्भावना भने अन्त्य भइसकेको छ ।

नेपालका प्रशिक्षक मेघराज केसीले आफुहरुले पछिल्लो दुई खेलमा निकालेको सहज जितले टोलीको मनोबल बढेकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै  सुखद नतिजा ल्याउने बताए । भारतविरुद्ध समेत केसीले अघिल्ला दुई खेलकै प्लेइङ सेटलाई मौका दिन सक्छन् । सुरुवाती दुबै खेलमा उनले एउटै सेटलाई मौका दिएका छन् । पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ३-० को जित हात पारेको थियो ।

यता पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको साविकको विजेता भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराउँदै शीर्ष दुईमा बस्दै फाइनल प्रवेश गर्ने सम्भावना जीवित राखेको थियो । भारतलाई हराएमा नेपालले शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनलमा प्रवेश गर्नेछ । भारतसँग हार वा बराबरीको नतिजाले  नेपालको फाइनल यात्रा बंगलादेशविरुद्ध मंगलबार हुने अन्तिम खेलले मात्र निर्धारण गर्नेछ ।

यु-२० टिमः

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *