देशभर ५७७ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

 

काठमाडौं, १३ साउन

नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो ।

आज दुई हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा र एक हजार ८०८ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जनामा कोरोना देखिएको हो । यस्तै संक्रमणबाट थप दुई जनाले ज्यान गुमाएका छन् ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ। शुक्रबार कोरोनाबाट २६९ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *