धनगढीमा चौपायलाई ठक्कर दिई मोटरसाकइल पल्टिदा एक जनाको मृत्यु

 

कैलाली, १३ साउन

कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा हिजो बेलुकी सडकमा रहेको चौपायलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकल सडकमा रहेको गाईलाई ठक्कर दिएर पल्टिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ विशालनगरका ४४ बर्षीय विरेन्द्र शर्मा र पछाडी सवार सोही उपमहानगरपालिका–१ बस्ने अन्दाजी ५५ बर्षीय निर्मल हमाल घाइते भएका थिए । दुवै घाइतेलाई उपचारको लागी धनगढी स्थित मायामेट्रो अस्पताल पठाइएकोमा उपचारकै क्रममा हमालको मृत्यु भएको हो । शवलाई पोष्टमार्टको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ । घाइते भएका चालकको अवस्था सु्धारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *