कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 

कञ्चनपुर, ११ असार

कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०७९ असार ३१ गतेको फैसलाले ६ महीना २८ दिन कैद फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बस्ने प्रविण सिह रहेको प्रहरीले जनाएको छ

उनलाई मंगलबार भिमदत्त ४ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । उनलाई जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *