सुस्तामा मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु

 

नवलपरासी (पश्चिम), १० साउन

नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् ।

उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *