चिनियाँ सेना स्थल र हवाई क्षेत्रमा बढी आत्रमकः अमेरिकी जनरल

एजेन्सी
न्युयोर्क, १० साउन

संयुक्त चिफ अफ स्टाफका अध्यक्ष तथा अमेरिकी जनरल मार्क मिलेले प्रशान्त महासागरमा वायु र समुद्रमा चिनियाँ सेना ‘प्रष्टसँग बढी आक्रामक’ भएको चेतावनी दिएका छन् ।

अमेरिकासँग प्रशान्त क्षेत्रमा चिनियाँ विमान र जहाजहरूको अवरोध उल्लेखनीय रूपमा बढेको बताए । अमेरिकाले चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा यस क्षेत्रका सहयोगीहरूसँग पुनः तालमेल गर्न क्रममा हिन्द–प्रशान्त क्षेत्रको भ्रमणका क्रममा शीर्ष अमेरिकी जनरलले यस्तो टिप्पणी गरेका हुन् ।

चिनियाँ जनरल ली जुओचेङले यस महिना मिलेसँगको टेलिफोन अन्तर्वातामा ताइवानमा सम्झौताको लागि कुनै ठाउँ नभएको बताएका थिए । चीनले हालै सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेर दक्षिण प्रशान्त क्षेत्रमा नौसेना अड्डा स्थापना गर्ने राष्ट्रपति सी शासनको स्पष्ट आशयमाथि अमेरिकी डर पैदा गरेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *