विदेश भ्रमणमा जाने नेपालीले अधिकतम २ सय डलर मात्र साट्न पाउने

 

काठमाडौं, साउन ६ गते ।

विदेश भ्रमणमा जाने नेपालीहरुले अब उप्रान्त २ सय अमेरिकी डलर मात्र साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई निर्देशन गर्दै उक्त जानकारी गराएको हो ।

त्यसका लागि एकीकृत परिपत्र–२०७८ मा संसोधन गर्दै नेपाल राष्ट्र बैंकले उक्त निर्देशन गरेको हो । डलर संचिती घट्दै गएपछि राष्ट्र बंैकले डलरको सटहीमा कडा गरेको छ । राष्ट्र बैंकले मनि चेन्जर कम्पनी र अन्य निकायहरुलाई डलर सटहीमा कडाई गरिएको पत्र पठाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *