संघीय व्यवस्था अव्यवहारिक र खर्चिलो भएको राजेन्द्र लिङ्देनको भनाई

 

काठमाडौं, साउन ६ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीय व्यवस्था खर्चिलो र अव्यवहारिक भएको बताएका छन् । संघीय व्यवस्था देशले धान्न नसक्ने उनको दावी छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा लिङ्देनले उक्त कुरा बताएका हुन् । जन प्रतिनिधि र प्रशासनिक खर्चको भार धेरै भएकाले करको दर बढ्दा जनजीवन प्रभावित भएको बताए ।

राजसंस्थालाई बहिष्करण गरकै कारण यो अवस्था आएको प्रतिक्रिया दिए । देशमा भ्रष्टाचार झनै मौलाएकोमा अन्य राजनितीक दलहरुलाई दोषी देखाए । चर्को मूल्य वृद्धि, व्यापार घाटा, वैदेशिक मुद्राको सञ्चीतिमा गिरावट, असन्तुलित आयात निर्यात, असन्तुलित अवस्थाका कारण मूलुक संकटमा परेको तर्क गरे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *