अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

 

काठमाडौं, साउन ६ गते ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमन भएको ह्वाइट हाउसले जानकारी दिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेका अनुसार कोरोना संक्रमण सामान्य प्रकृतीको छ । बाइडेनले एन्टिभाइरल औषधी ‘प्याक्सोलोभिड’ लिन थालेका छन् । बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि दुईपटक भ्याक्सिन लगाएका थिए ।

सेप्टेम्बर २०२१ मा पहिलो बुस्टर डोज लगाएका थिए । मार्च २०२२ मा खोपको थप खुराक लगाएका थिए । बाइडेनलाई कोरोना संक्रमनको सामान्य लक्षण मात्र देखिएको र भ्याक्सिनको सबै डोज लगाएका कारण उनी खतरामुक्त रहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *