सुनको मूल्य तोलामै एक हजार रुपैंयाले घट्यो

 

काठमाडौं, साउन ५ गते ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा गिरावट आएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामै १ हजार घटेको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैँयाले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैँया कायम भएको छ ।

तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैँया तोकिएको छ । चाँदीको मूल्य तोलामा १ हजार १५५ रुपैँया तोकिएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैँया तोकिएको थियो । तेजावी सुनको मूल्य भने ९३द हजार ५ सय थियो । त्यसैगरी बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार १६५ रुपैँया तोकिएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *