ललितपुरको चोक–चोकमा साइकल राखिँदै

 

काठमाडांै, साउन ५ गते ।

ललितपुर महानगरपालिकाले साइकल लेनको प्रयोगलाई बढाउन भन्दै ठाउँ–ठाउँमा भाडाको साइकल लिन सकिने व्यवस्था गर्न लागेको छ । ‘सेयर्ड बाइ साइकल स्किम’ अनुसार उक्त व्यवस्था गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । साइकल प्रयोगलाई बढाएर वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न भन्दै महानगरले उक्त योजना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ठाउँ-ठाउँमा साइकल स्ट्यान्ड निर्माण गरिने बताए ।

प्रविधिको प्रयोग गरेर साइकल भाडा तिर्न सकिने बताए । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार ललितपुर महानगरपालिका भित्रका विभिन्न चोकहरुमा साइकल स्ट्यान्ड निर्माण गरिने छ । उक्त स्थानमा भाडाका साइकलहरु राखिने छ । विद्युतिय भुक्तानी गरेर साइकल प्रयोगको अनुमति प्राप्त गर्न सकिने छ । साइकलको ‘जीपएएस’ ट्रयाकिङ हुनेछ । प्रयोगकर्ताले एउटा स्ट्यान्बाट लिएको अर्को स्थानमा राख्न सक्ने छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *