काठमाडौं उपत्याकाको फोहोर फेरी उठ्न छाड्यो

 

काठमाडौं, साउन ५ गते ।

काठमाडौं उपत्याकाको फोहोर फेरी उठ्न छाडेको छ । नुवाकोटको सिसडोल र बन्चरे डाँडा क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले फोहोर ढुवानीको काम बन्द गरिएको बताइएको छ । सहरी विकास मन्त्रालयका अनुसार फोहोरको गाडी आवत् जावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै फोहोर ढुवानीमा रोक लगाइएको हो । सहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालीकालाई केहि दिन फोहोर ढुवानी नगरिदिन आग्रह गरेको थियो ।

सोही आग्रह अनुसार काठमाडौं महानगरपालिकाले आजदेखी फोहोर व्यवस्थापनको कार्य रोकेको छ । काठमाडौं महानगरपालीका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १८ स्थानीय तहाको फोहोर व्यवस्थापनको काम रोकिएको छ । काठमाडौं महानगरपालीकाले एक सूचना जारी गर्दै फोहोर व्यवस्थापनको काम सुचारु नहुन्जेल सम्म फोहो आ-आफ्नो घर, पसलमै राखिदिन आग्रह गरेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *