बाढी पहिरोका कारण सिन्धुपाल्चोकका विभिन्न सडक खण्ड क्षतविक्षत

 

काठमाडांै, साउन ५ गते ।

अबिरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न सडक खण्डहरु पहिरो गएर क्षतविक्षत भएका छन् । क्षतविक्षत भएका सडक निर्माण गर्ने क्रममा यातायात अबरुद्ध गरिएकोे छ । बाढी पहिरोका कारण हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक पनि भत्काएको छ । त्यसैगरी हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सिमखेतमा पनि सडक अबरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए । गएराती भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । उक्त सूचना जारी भएपछि स्थानीयहरु रातभर घर बाहिर बस्न बाध्य भएका थिए । मेलम्चीको तटीय क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेकाले उक्त क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *