असम्बन्धित व्यक्तिलाई संलग्न नगराएको निवर्तमान मन्त्री शर्माको बयान

 

काठमाडौं, साउन ५ गते ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा असम्बन्धित व्यक्तिलार्ई संलग्न नगराएको बयान दिएका छन् । संसदीय छानबीन विशेष समितिको बैठकमा बयान दिंदै शर्माले उक्त कुरा बताएका हुन् । अर्थ मन्त्रालयमा मध्य रातमा अनाधिकृत व्यक्तिलाई प्र्रवेश गराएको र करको दर हेरफेर गरेको आरोपको खण्डन गरेका छन् ।

आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप उनीमाथि लागेको थियो । उक्त आरोप माथि छानबिन गर्न संसदीय समिति गठन भएपछि शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । समितिले उक्त प्रकरणमा मुछिएका अन्य व्यक्तिहरुसँग पनि सोधपुछ गरेको छ । शर्माले समिति समक्ष बयान दिने क्रममा स्थापित मूल्य, मान्यता, विधि र पद्धतिलाई आत्मासात् गरेको बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *