गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि प्रदर्शन

 

काठमाडौं, साउन ४ गते ।

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि प्रदर्शन भएको छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । बालुवाटार स्थित राष्ट्र बैंक कार्यालय अगाडी कालो ब्यानर टाँगेर बिरोध प्रदर्शन गरेका हुन् । यस अघि साउन १ गते नेविसंघ र अखिल क्रान्तिकारीले पनि विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका छन् । प्रदर्शनकारीले गभर्नरको गलत अर्थ नीतिका कारण अर्थ व्यवस्था संकटमा परेको आरोप लगाएका छन् । एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य भएको आरोप लगाएका छन् । विद्यार्थी संगठनहरुले संयुक्त प्रस विज्ञप्ति गर्दै गभर्नरको राजीनामा माग गरेका छन् । विरोध प्रदर्शनको चरणवद्ध आन्दोलन घोषणा गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *