वागमती प्रदेश सरकारले एक विद्यालय एक नर्सको व्यवस्था गर्ने

 

काठमाडौं, साउन ४ गते ।

वागमती प्रदेश सरकारले एक विद्यालय एक नर्सको व्यवस्था गर्ने भएको छ । वागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले उक्त जानकारी गराएका हुन् । वागमती प्रदेशका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा उक्त व्यवस्था गर्न लागिएको हो ।

हाल ११९ स्थानीय तहका ४५९ विद्यालयमा ‘एक विद्यालय एक नर्स’को व्यवस्था गरिएको मन्त्री लामाले जानकारी दिए । चालु आर्थिक वर्षमा थप ६० वटा विद्यालयमा नर्सको व्यवस्था गर्न बजेट बिनियोजन गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *