सरकारले आयल निगमलाई सात अर्ब ऋण दिने ।

 

काठमाडौं, साउन १ गते ।

सरकारले नेपाल आयल निगमलाई सात अर्ब ऋण दिने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा आयल निगम निरन्तर घाटामा रहेको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिनुपर्ने रकम अभाव भएपछि सरकारले निगमलाई उक्त रकम दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रेस भेटघाटको क्रममा जानकारी गराएका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *