चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको प्रधानमन्त्री देउवासँग भेट ।

 

काठमाडौं, असार २६ गते ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर चियानचाओले भेटवार्ता गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेश विभाग चियानचाओ नेतृत्वको टोली तीनदिनसम्म नेपालमा रहनेछ ।

आठ सदस्यीय टोलीसहित उनी आइतबार काठमाडौं आइपुगेका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँगपनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी पार्टीका शीर्ष नेतृत्वहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *