सिन्जो आबेको निधनमा नेपालले राष्ट्रिय शोक मनाउने ।

 

काठमाडौं, असार २४ गते ।

जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सरकारले आबेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । गोली प्रहार गरेर आबेको हत्या गरेकोमा निन्दा समेत प्रकट गरेको छ ।

नेपाल सरकाले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना प्रक्रट गरेको छ । आबेको शुक्रबार गोली हानेर हत्या गरिएको हो । गोली प्रहार गरे लगतै जापान प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियान्त्रणमा लिएको छ । गोली प्रहार गर्ने व्यक्ति ४१ वर्षीय पुरुष भएको बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *