माओवादी केन्द्रीय समितिको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम सकियो ।

 

काठमाडौं, असार २१ गते ।

सत्ता साझेदार दल नेकपा (माओवादी) केन्द्रको केन्द्रीय समितिको बैठक चलिरहेको छ । जारी बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बैठक जारी छ । पार्टी अध्यक्ष प्रचण्डले राख्नु भएको १० पृष्ठको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा सातवटै प्रदेशका इञ्चार्जहरुले रिपोटिङ गरेका थिए । पार्टीमा रिक्त पदाधिकारीहरु, स्थायी समिति र पोलिटब्यूरो सदस्यहरुको चयनको बारेमा पनि छलफल भएको थियो । त्यसैगरी स्थानीय तहको समीक्षा भएको थियो । आगामी संघीय र स्थानीय तहको निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको थियो । कार्यविभाजन र सांगठानिक संरचनाको बारेमा पनि छलफल भएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *