पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा ९ रुपैयाँले मूल्य वृद्धि ।

 

काठमाडौं, असार २१ गते ।

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको छ । डिजेल र मट्टितेलमा ९ रुपैयाँले मूल्य वृद्धि गरेको छ । त्यसैगरी हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

सोमबार राती १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ पुगेको छ । आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *