सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी दिइयो ।

 

काठमाडौं, असार १८ गते ।

सिन्धुपाल्चोकमा भारी वर्षाका कारण मेलम्चीमा बाढीको चतावनी दिइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जिल्लाको गुम्थाङ, धाप, नकोटे लगायतका स्थानमा धेरै वर्षा भइरहेको छ ।

मेलम्चीमा १.५ मिटर पानीको सतह बढेको छ । महाशाखाले मेलम्चीमा आकस्मिक बाढीको चेतावनी दिएको छ । आसपासका कमजोर भिरालो जमीनमा पहिरो गई कुनैपनि बेला बाढी आउन सक्ने बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *