मिथिला परम्परा अनुसार स्वस्तिक चिन्हले शुभकामनालाई प्रतिविम्बित गर्छ ।

 

काठमाडौं, असार १८ गते ।

प्राचीनकालमा मिथिला क्षेत्र अन्तर्गत कोशी र नारायणी नदी बीचको नेपालको तराई र भारतको तिरहुत खण्डका भूभाग पर्दथे । यो क्षेत्र सीता, जनक, याज्ञवल्क्य र गार्गीको जन्मस्थलको रुपमा प्रसिद्ध छ । वर्तमान नेपालको मानचित्रमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाहरु पर्दछन् । प्राचीनकालमा मिथिला क्षेत्रको केन्द्र जनकपुर थियो । आज पनि जनकपुर क्षेत्र मैथली संस्कृतिको केन्द्र मानिन्छ । मिथिला संस्कृति अन्तर्गत ६ वटा सांस्कृतिक प्रतीक चिन्हहरु छन् ।
१. स्वस्तिक –
हाम्रो संस्कृति अर्थात् मिथिला सांस्कृतिक परम्परा अनुसार स्वस्तिक चिन्हले शुभकामनालाई प्रतिविम्बित गर्छ । यो शुभलाभ र शान्तिको प्रतीक हो ।
२. ॐ कार :–
यो शान्तिका साथै मृत्यु सम्बन्धी भयबाट मुक्तिको प्रतीक चिन्ह हो । यसले मानिसलाई शान्ति र साहस प्रदान गर्छ ।


३. दीपशिखा :–
यस प्रतीक चिन्हले दीर्घायु, पाप विनाश र शुभेच्छा व्यक्त गर्छ । यसले पाप, कपट र विनाशको मार्ग विरुद्ध सत्मार्गको बाटो हिँडाउन प्रेरणा दिन्छ ।४. कमलको फूल :–
यो फूल वैभव, कीर्ति र विशुद्ध ज्ञानको प्रतीक हो । यसले मानिसलाई आनन्दपूर्वक गौरवपूर्ण तरिकाले बाँच्न प्रेरित गर्छ ।५. पूर्ण कलश :–
यो प्रतीक चिन्ह शुभमुर्हुतको प्रतीक हो । महान् कामको प्रारम्भ शुभ समयमा शुरु गर्दा सफलता हात लाग्छ भन्ने ज्ञानको संकेत यस चिन्हले दिन्छ ।
६. शङ्ख :–
यो प्रतीक चिन्ह ज्ञानको प्रतीक हो । यसले मानिसलाई अज्ञानता र विनाशको मार्ग त्यागेर ज्ञान र निर्माणको मार्गमा लाग्न प्रेरणा प्रदान गर्छ ।
मिथिला संस्कृतिमा उपर्युक्त प्रतीक चिन्हहरुको व्यापक प्रयोग भएको पाइन्छ । यसले मैथली समुदायको जीवनशैली र लोकपरम्परालाई प्रतिविम्बित गराउँछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *