श्रीमद्भागवत् गीतामा कर्मयोग, ज्ञानयोग, भक्तियोगको बारेमा उल्लेख छ ।

 

काठमाडौं, असार १८ गते ।

योग पूर्वीय दर्शनको धार्मिक तथा दार्शनिक शिक्षा हो । यसलाई पतञ्जलीले ईशा पूर्वको पहिलो शताब्दीमा प्रतिपादन गरेका थिए भन्ने विश्वास गरिन्छ । श्रीमद्भागवत् गीतामा कर्मयोग, ज्ञानयोग, भक्तियोगको बारेमा उल्लेख छ । ब्रम्हाले योगसुत्र निर्माण गरेका थिए र यज्ञवल्क्यलाई प्रदान गरेका थिए भन्ने पूर्वीय शास्त्रहरुमा पाइन्छ । गार्गी र यज्ञवल्क्यलाई योगशास्त्रको ज्ञाता मानिन्छ । यसले हिन्दू धर्मको मुख्य सिद्धान्तलाई अंगीकार गर्दछ । त्यसैगरी निजी आत्मालाई ईश्वरमा विलिन गर्ने मार्गमा मुख्य साधन व्यायामको एक प्रणाली हो भन्ने मान्दछ ।

व्यायामको उद्भव प्राचीन कालमा भएको हो । यसबाट नै मानिसलाई अलौकिक शक्ति प्राप्त गर्ने वा यसलाई आफ्नो अधिन गर्नमा सहयोग प्राप्त हुन्छ भन्ने यसको मान्यता रहेको छ । पतञ्जलीले व्यायाम वा योगको संहिताबद्ध गरे र आफ्नो योगसुत्रमा यसको वर्णन गरे । पूर्वीय दर्शनमा नेपाल लगायत भारतीय उपमहाद्वीपका अधिकांश धर्ममा योगलाई मोक्षको साधनको रुपमा ग्रहण गरिएको पाइन्छ । यसका केही विधिलाई शारीरिक उपचारको लागि प्रयोग गरेको पाइन्छ । योग भनेको वास्तवमा प्रकृतिमा सम्पूर्ण रुपमा एकाकार गर्नु हो । यसलाई पूर्ण समर्पणको अभ्यासको रुपमा पनि लिइन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *