लोकतन्त्रको रक्षाका पक्षमा रहेका छौँ : अध्यक्ष नेपाल

 

काठमाडौं, असार १२ गते ।

नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले लोकतन्त्रको रक्षाका लागि एमालेबाट विद्रोह गरेको बताएका छन् । उक्त विद्रोह देश र जनताको पक्षमा रहेको समेत बताएका छन् । लोकतन्त्रको मूल्यमान्यतालाई स्वीकार्न आफूलाई जनताको बहुदलीय जनवादले नै मार्ग निर्देशन गरेको समेत बताएका छन् । अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई न्याय नभएको गुनासो पनि व्यक्त गरेका छन् ।

यद्यपि एक महानगर र एक उपमहानगर सहितका स्थानमा विजयी भएकाले अब संगठनलाई मजबुत बनाएर जाने समेत बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभामा ठोस योजनाका साथ जाने प्रतिबद्धता समेत व्यक्त गरे । एमालेमा व्यक्तिवाद र अधिनायकवाद हावी भएको समेत बताएका छन् । मूल्य वृद्धिले जनतालाई समस्या भएकाले राज्यले कम मुनाफा लिएर भएपनि जनतालाई राहत दिनुपर्ने बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *