नेपालका लागि नवनियुक्त भारतीय राजदूत काठमाडौंमा ।

 

काठमाडौं, असार १२ गते ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी शनिबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । उनी अनुभaवी करियर कुटनितिज्ञ भएको नेपालस्थित भारतीय राजदूतावासले बताएको छ । काठमाडौं आउनु अघि श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा रहेर चीन, जापान, कोरिया र मंगोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनका प्रमुख रहेका थिए ।

सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भरतीय राजदूत रहेका थिए । वासिङ्टन, बेइजिङ, साङ्घाई र हङ्कङमा रहेर विभिन्न जिम्मेवारी सम्हालेका थिए । राजदूत श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएपछि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *