फ्रान्सेली राज्यक्रान्तिको प्रमुख कारण फ्रान्सेली समाजमा भएको विभेद थियो ।

 

काठमाडौं, असार ८ गते ।

फ्रान्सेली राज्यक्रान्ति सन् १७८९ मे ५ मा शुरु भएको थियो । त्यसैगरी सन् १७९९ नोभेम्बर ९ मा अन्त्य भएको थियो । उक्त क्रान्तिको अवधि १० वर्ष ६ महिना ४ दिन रहेको थियो । फ्रान्सेली राज्यक्रान्तिको एक प्रमुख कारण फ्रान्सेली समाजमा भएको विभेद रहेको थियो । फ्रान्सको समाजलाई तीन भागमा विभाजन गरिएको थियो । पहिलो समूह (फस्र्ट स्टेट) मा चर्चका उच्च वर्गीय व्यक्तिहरु रहेका थिए । उक्त समूहमा १ प्रतिशतको संख्या रहेको थियो । दोस्रो समूह (सेकेण्ड स्टेट) मा नेबेलिटी वर्गका मान्छेहरु थिए । उक्त समूहमा २ प्रतिशतको संख्या रहेको थियो ।

तेस्रो समूह (थर्ड स्टेट) मा किसान लगायतका अनप्रिभिलेज्ड मान्छे पर्दछ । उक्त समूहमा ९७ प्रतिशतको संख्या रहेको थियो । यसरी सिङ्गो फ्रान्सेली समाजलाई तीन वर्गमा विभाजन गरेर विभेद गरिएको थियो । तेस्रो वर्गमा मान्छेहरुको असन्तुष्टि फ्रान्सेली राज्यक्रान्तिको एक प्रमुख कारण रहेको थियो । अर्को प्रमुख कारण आर्थिक कारण रहेको थियो । देश आर्थिक रुपमा जर्जर भएको थियो । सरकारले जनतामा अत्याधिक कर लगाएको थियो । जनताको आर्थिक जीवन अत्यन्तै नाजुक भएको थियो । त्यसले जनतालाई आक्रोशित बनाएको थियो ।

त्यसैगरी राजनीतिक कारणले पनि फ्रान्सेली क्रान्तिका लागि आधारभूमि तयार पारेको थियो । राजतन्त्रले जनतालाई राजनीतिक अधिकारबाट बञ्जित गरेको थियो । जनताले राजा लुइस सोह्रौँको विरोध गरिरहेका थिए । त्यसैगरी अर्को कारण जनतामा जागरण पैदा भएको थियो । बौद्धिक वर्गले जनतामा जागरण पैदा गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । फ्रान्सेली राज्यक्रान्ति हुनुमा सन् १७७५ देखि १७८३ सम्म भएको अमेरिकी स्वतन्त्रता संग्रामको पनि प्रभाव परेको थियो । अमेरिकी स्वतन्त्रता संग्रामले मान्छे जन्मजात इक्वेल हुन्छ भन्ने चेतनाको विकास गरेको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *