काठमाडौं महानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम पारित ।

 

काठमाडौं, असार ८ गते ।

काठमाडौं महनगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । भृकृटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बुधबार बसेको नगरसभाको ११औँ अधिवेशनले सो नीति तथा कार्यक्रम पारित गरेको हो । अधिवेशनमा नगर सदस्यहरुले नीति तथा कार्यक्रममा आवश्यक सल्लाह, सुझाव दिएका थिए ।

महानगर प्रमुख बालेन्द्र शाहले सबैका सल्लाह र सुझावलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ महानगरको कर प्रणालीलाई थप व्यवस्थित बनाउने समेत बताए । महानगर प्रमुख शाहले संशोधित नीति तथा कार्यक्रम चाँडै प्रकाशित गर्ने बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *