बजेटपछि प्रदेश नं. १ को नाम राख्न कांग्रेस र एमाले सहमत ।

 

काठमाडौं, जेठ ३० गते ।

बजेटपछि प्रदेश नं. १ को नाम राख्न कांग्रेस र एमाले सहमत भएका छन् । चालू दशौँ अधिवेशनबाटै प्रदेशको नामाकरणको टुंगो लगाउन उनीहरु सहमत भएका हुन् । प्रदेश नामाकरणका लागि एमालेले बनाएको सहजीकरण कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालबीच भएको उक्त छलफलमा उक्त सहमति भएको बताइएको छ ।

एमाले चालू अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउन तयार भएकाले कांग्रेस लगाएतका दलहरुलाई पनि सोही अनुरुपको वातावरण बनाउन समेत कार्कीले आग्रह गरे । एमालेले गठन गरेको कार्यदलमा पूर्वमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषकला राई र अर्जुन राई रहेका छन् । त्यसैगरी सत्ता गठबन्धनले स्वाथ्यमन्त्री जयराम यादवको संयोजकत्वमा नामका बारेमा छलफल गर्न कार्यदल बनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *