सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित ।

 

काठमाडौं, जेठ १५ गते ।

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पेश गर्नु भएको सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि संशोधनकालागि ६ वटा प्रस्ताव पेश भएका थिए । ती प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए । सरकारको नीति तथा कार्यक्रम ध्वनी मतका आधारमा बहुमतले पारित गरिएको घोषणा सभामुख अग्नि प्रसाद सापकोटाले गर्नु भएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *