अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हितको प्रवर्धन गर्ने कुरा महत्वपूर्ण हुन्छ ।

 

काठमाडौं, जेठ १५ गते ।

सामूहिक स्वार्थ र चासोको विकास भई राष्ट्रको सुरक्षा कायम गर्न सहज हुन्छ । वर्तमान अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हितको प्रवर्धन गर्न राष्ट्रिय सवालमा राष्ट्रले उठाउने विषय महत्वपूर्ण छ । त्यसैले प्रत्येक राष्ट्रले आफ्नो राष्ट्रिय हित प्रतिकुलका सन्धि तथा सम्झौताहरुको विरुद्धमा व्यापक आवाज उठाउनुपर्छ । अर्कोतर्फ मनोवैज्ञानिक तथा राजनैतिक कुटनीति मार्फत् पनि राष्ट्रको हित संरक्षण गर्न सकिन्छ ।

राष्ट्रिय सुरक्षाको एक प्रमुख दुष्मन साम्राज्यवाद हो । उसले आफ्नो सैनिक शक्ति वा अन्य शक्तिको प्रयोगद्धारा अन्य राष्ट्रहरुमा प्रभाव र प्रभुत्व कायम गर्छ । परिणामतः उसले भूमि, पूँजी, उद्योग र व्यापारमा नियन्त्रण कायम गर्छ । अर्कोतर्फ शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि हस्ताक्षर गरी प्रत्यक्ष शासन गरी उपनिवेश कायम गर्छ । साम्राज्यवाद र उपनिवेशवादविरुद्ध राष्ट्रिय जागरणको विकास गर्नु अनिवार्य हुन्छ । राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी सरकारको मात्र नभई प्रत्येक नागरिक हो ।

सरकार जनताप्रति हदैसम्म उत्तरदायी र जिम्मेवार भई भ्रष्टाचार, अभाव बेरोजगारी र गरिबीको अन्त्य गरी आम जनतालाई एकताको सूत्रमा बाँधेर राष्ट्रियता सम्बन्धी जागरण फैलाउनु पर्छ । देशको सार्वभौमसत्ता र अखण्डतामा असर नपर्ने गरी जात, जाति, भाषा, धर्म र सम्प्रदायबीच सुमधुर सम्बन्ध कायम गराउनु सक्नुपर्छ । राजनैतिक दलहरुको अपरिपक्क व्यवहार, कुटनीतिज्ञहरुको कमजोर कुटनीति आदि जस्ता कमी कमजोरीहरुको अन्त्य गरी मुलुकलाई स्वाधिन, स्वतन्त्र, अखण्ड र सार्वभौम बनाई राख्नु आजको महत्वपूर्ण सवाल हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *