चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भए ।

 

काठमाडौं, जेठ ११ गते ।

चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ४२ हजार ७२२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत प्राप्त गरे ।

महर्जनले १८ हजार १६२ मतान्तरले विजयी भएका छन् । ०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवारी उनै हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले पराजित गरेका थिए । यस निर्वाचनमा भने अत्याधिक मतान्तरले विजयी भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *