भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै ।

 

काठमाडौं, जेठ २ गते ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा आज लुम्बिनी भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदका संयुक्त कार्यक्रम र भेटवार्ता तय भइसकेका छन् । २५६६औँ बुद्ध जयन्तीको अवसरमा मोदी लम्बिनीको भ्रमणमा आउन लाग्नु भएको हो । मोदीको यो नेपालमा औपचारिक भ्रमण हो । प्रधानमन्त्री देउवा आफैँ मोदीको स्वागतमा जानु हुने भएको छ । राष्ट्रिय महत्वको विषयमा सहमति र समझदारी समेत हुने बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *