२५६६औँ बुद्ध जयन्ती ४ दिनसम्म मनाइने ।

 

काठमाडौं, वैशाख २६ गते ।

२५६६औँ बुद्ध जयन्ती लुम्बिनीमा ४ दिनसम्म मनाइने भएको छ । उक्त जानकारी लुम्बिनी विकास कोषले गराएको छ । जेठ १ गतेदेखि ४ गतेसम्म विभिन्न कार्यक्रमहरु गरेर बुद्ध जयन्ती मनाउने कोषले तयारी गरेको छ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म औपचारिक रुपमा बुद्ध जयन्ती मनाउन सकिएको थिएन ।

बुद्ध जयन्ती मनाउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । त्यसैगरी उक्त समिति मातहतमा विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् । बुद्ध जयन्ती तयारीका लागि समिति र उपसमितिहरु क्रियाशील रहेका छन् । बुद्ध जयन्तीको अवसरमा ५ हजार क्षमता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र ध्यान केन्द्रको उद्घान पनि गरिनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *