संसद अधिवेशन जेठ ३ गतेका लागि आह्वान ।

 

काठमाडौं, वैशाख २६ गते ।

संघीय संसदको अधिवेशन जेठ ३ गतेका लागि आह्वान गरिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गर्नु भएको हो । जेठ ३ गते ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नेछ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । त्यस अघि हुने पूर्वबजेट छलफल र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत aगर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत गर्नु पर्ने भएकाले संसदको बजेट अधिवेशन आह्वान गरिएको हो ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *