मुस्ताङ जिल्लाको बोक्सी खोलामा जिउँदो चौँरीको रगत निकालेर खाई उत्सव मनाइन्छ ।

 

काठमाडौँ, वैशाख २५ गते ।

चौँरी हिमाली भेगका भीरपाखामा चर्ने गाई प्रजातिको लामो–लामो भुत्ला भएको एक जनावर हो । यसको भालेलाई याक भनिन्छ । याक र सामान्य गाईबाट जन्मेको बच्चालाई नाक भनिन्छ । चौँरी गाईको पुच्छर बाक्लो र लामो रौं भएको हुन्छ । चौँरीको पुच्छरको झुप्पालाई चम्मर भनिन्छ । होचा खुट्टा, ठूलो शरीर र तीखा सिङ भएको यो जनावरको चरणक्षेत्र मासिँदै गएकाले लोपोन्मुख अवस्थामा पुगेको छ । हिमाली गाई भनेर चिनिने यो गाईको रगत पिउने उत्सव पनि मनाइन्छ । मुस्ताङ जिल्लाको बोक्सी खोला भन्ने ठाउँमा प्रत्येक वर्षको बैशाख र साउनमा जिउँदो चौँरीको रगत निकालेर खाई उत्सव मनाइन्छ ।

यस उत्सवमा जिउँदो चौँरीको घाँटीको नसालाई चक्कुले काटेर रगत निकाली पिउने गरिन्छ । चौँरीले यार्सागुम्बा र पाँचऔले जस्ता जडिबुटी खाने हुँदा उसको रगतमा बढी पौष्टिक तत्व पाइन्छ । पौष्टिक तत्वयुक्त चौरीको रगत पिउँदा बाथ, नसा, उच्च रक्तचाप, ग्यास्ट्रिक आदि सम्बन्धी रोगहरु निको हुने जनविश्वास छ । उक्त उत्सवमा हजारौं देशी र विदेशीहरु सहभागी भई रगत पिउँछन् । अनौठो संस्कार, संस्कृति र प्रवृत्ति भएको मुलुकमा यो विचित्रको जनविश्वास रहेको छ । जसलाई उत्सवको रुपमा नै मनाइन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *