माओवादी केन्द्र कांग्रेसको पुच्छर भएको बादलको आरोप ।

 

काठमाडौं, वैशाख २५ गते ।

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी केन्द्र नेपाली कांग्रेसको पुच्छर भएको आरोप लगाएका छन् । चितवनको भरतपुरमा नेकपा एमालेले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै बादलले उक्त आरोप लगाएका हुन् । माओवादी केन्द्र प्रतिगामीको हिस्सा र गुटमा बदलिएको उनले आरोप लगाए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पुच्छर भएको आरोप लगाए । पुँजीवादी पार्टी कांग्रेसको पुच्छर भएर आफ्नो अस्तित्व रक्षा गर्न खोज्नु माओवादीका लागि दुर्भाग्य भएको उनले बताए । माओवादी केन्द्र विघटन, विसर्जन र पतनको दिशामा गएको उनले गम्भीर आरोप लगाए । उक्त पार्टी विचार र सिद्धान्तबाट च्युत भएको पनि उनको आरोप थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *