अंग्रेजहरुलाई पृथ्वीनारायण शाहले पहिलो पटक फिरंगी नाम दिएको भन्ने भनाई छ ।

 

काठमाडौं, वैशाख २५ गते ।

अंग्रेजहरुलाई पृथ्वीनारायण शाहले पहिलो पटक फिरंगी नाम दिएको भन्ने भनाई छ । उही फिरंगीसँग नेपालले सुगौली सन्धि गर्नु परेको थियो । सुगौली सन्धि पहिले पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको नेपालको भूभागलाई विशाल नेपाल अर्थात् ग्रेटर नेपाल भनेर चिनिन्छ । सुगौली सन्धि पश्चात् नेपाल खुम्चिन पुग्यो र आज हामी ग्रेटर नेपालका भाग्यमानी नागरिक हुन पाएका छैनौं । सन् १६०८ मा इस्ट इण्डिया कम्पनीको ब्यानरमा चिया व्यापार गर्न भनेर हिन्दुस्तान प्रवेश गरेको अंग्रेजले त्यहाँ स्थित फ्रान्सिसी, डच र पुर्चुगाली कम्पनीहरुलाई युद्धद्वारा परास्त गरी आफ्नो आधिपत्य कायम ग¥यो । आफ्नो सामरिक र कुटनीतिक श्रेष्ठताको बलमा अंग्रेजहरुले भारतका लगभग ५ सय ६२ भन्दा बढी साना ठूला राज्यहरुलाई परास्त गरी औपनिवेशिक शासन सञ्चालन ग¥यो ।

फिरंगीको नामले चिनिने अंग्रेजहरुको कुदृष्टि नेपालतर्फ पर्न थाल्यो । पूर्वको टिस्टादेखि पश्चिमको सतलज र तराईको समथर भूभाग र हिमाली श्रृंखला उसले आफ्नो कब्जामा लिने योजना बनाई युद्धको तयारीमा लाग्यो । सन् १८१४ नोभेम्बर १ का दिन अंग्रेजले नेपाल विरुद्ध युद्धको औपचारिक घोषणा ग¥यो । सुदुरपश्चिमको देहरादुनको नालापानी किल्लामा नेपाली सेना विरुद्ध भिषण आक्रमण ग¥यो । अंग्रेज र नेपालको सेनाबीच देउथलमा भएको युद्धमा नेपाली सेनाका कमाण्डर भक्ति थापाको मृत्यु हुन पुग्यो । आधुनिक हतियार सहित विभिन्न पाँच स्थानबाट एकैसाथ नेपालविरुद्ध आक्रमण ग¥यो । अन्ततः सुगौली सन्धि गर्नुपर्ने अवस्था आयो । उक्त सन्धिपछि नेपाल हालको अवस्थामा खुम्चिन पुग्यो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *