सत्ता गठबन्धनले भरतपुरमा संयुक्त चुनावी सभा गर्दै ।

 

काठमाडौं, वैशाख २२ गते ।

सत्ता गठबन्धनले भरतपुरमा आज संयुक्त चुनावी सभा गर्ने भएको छ । सभालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेताहरु चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकमा चुनावी सभाको तयारी गरिएको छ । उक्त सभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् । त्यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कांग्रेसका महामन्त्री गगन कुमार थापाले सम्बोधन गर्नेछन् ।

सभालार्ई जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ । सत्ता गठबन्धनको तर्फबाट माओवादीको तर्फबाट रेणु दाहाल उम्मेदावर छिन् । त्यसैगरी गरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी प्रत्यासी रहेका छन् । भरतपुर महानगर निर्वाचनलाई सत्ता गठबन्धन र एमालेले प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले बागी उम्मेदवार दिएपछि भरतपुरको निर्वाचनका बारेमा विभिन्न अड्कलबाजी र टिकाटिप्पणी भइरहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *