स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भए ।

 

काठमाडौं, वैशाख २० गते ।

स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदावर निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराएको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले यो संख्या झनै बढ्न सक्ने जानकारी दिएका छन् । निर्विरोध निर्वाचित भएकाहरुलाई भने चुनावपछि मात्रै प्रमाणपत्र दिइने निर्वाचन आयोगले बताएको छ ।

निर्विरोध निर्वाचित हुनेमा गठबन्धन दलहरुबाट १९० जना रहेका छन् । नेपाली कांग्रेसका १०१ जना, नेकपा माओवादी केन्द्रका ५४ जना, नेकपा एकीकृत समाजवादीका ३४ जना र जनता समाजवादी पार्टी, नेपालको १ जना रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १२३ जना निर्विरोध निर्वाचित भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *